
पछिल्लो वर्ष अगस्ट महिनाको शुरुवात तिर अष्ट्रलियामा सल्केको आगो आधुनिक इतिहास मै भयानक भएको एक अध्ययनको प्रतिवेदनमा उल्लेख छ । अष्ट्रेलिया विश्वविद्यालयका विद्यार्थीले तयार पारेको विश्लेषणमा १४ करोड ३० लाख स्तनपायी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचर र ५ करोड भ्यागुत्ता प्रभावित भएको बताइएको छ ।
अधिंकाश जीवजन्तु आगोको कारण विनाश भएका र तापबाट टाढा भाग्दा पनि आहारा, बस्ने ठाउँ र जनवारको आक्रमणबाट जोगीन गाह्रो परेको वैज्ञानिकहरुले बताएका छन् ।
सन् २०१९ र २०२०को शुरुवाती महिनामा लामो सुख्खा आगलागीबाट प्रभावीत भएको झाडीहरुमा धेरै भयानक डढेलो लागेको थियो । आगोकै कारण ३० जना मानिसको मृत्यु हुनुको साथै हजारौं घर ध्वस्त भएका थिए ।
अष्टे«लियाको इतिहासमा यती भयानक र लामो आगो प्रथम पटक देखिएको हो । जलवायुमा भएको परिवर्तनलाई एक प्रमुख आधा।र बनाइएको छ । पूर्वी राज्यहरु न्यू साउथ वेल्स र भिक्टोरिया आसपासका क्षेत्रमा अर्बौ जनवार मरेको बताइएको छ ।
रुखका पातहरु खाएर बाच्ने हजारौं कोआला जङ्गलमा मरेको बताइएको छ ।
प्रतिवेदन मंगलबार सिड्नी विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय, न्यु क्यासल विश्वविद्यालय, चाल्र्स स्टर्ट विश्वविद्यालय र वर्डलाइफ अष्ट्रेलियाका विद्यार्थीहरुद्वारा तयार गरिएको बताइएको छ ।
रासस÷एएफपी