करेन्ट लागेर रौतहटमा एक महिलाको मृत्यु

रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहान चिया खान पसलमा गएकी वृद्धालाई बाटो काट्ने क्रममा करेन्टको झड्का लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।  सोही स्थानमा करेन्ट लागेर दुई चौपाया साढेको समेत ज्यान गएको छ ।

गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सवगढामा रहेको सव स्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । सयौं पटक फोन गर्दा दुवै कार्यालयको फोन उठेन ।

समयमै फोन गरे पनि कार्यालयका कुनै कर्मचारीले फोन नउठाउदा मान्छे संगै पशु चौपायाको पनि मृत्यु भएको स्थानीयको भनाइ छ । विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानयीले लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close