जागिरसँगै गीत-संगीतमा रमेका मिलन

नेपाली सङ्गितमा रमाउदै गरेका मिलन, उमेरले झन्डै ४९ बर्षको उमेरमा पनि सङ्गीत प्रति त्यो मोह अझै पनि उस्तै छ । नृत्य विद्यामा आफुलाई अब्बल भएको अनुभूति गर्ने सुवेदीलाई भने नृत्यसँग सँगै गायन विद्याले समेत आकर्षण गर्‍यो । उनले नृत्य र गायन विद्यामा आफुलाई शसक्त रुपमा अगाडि बढाए ।

युवा उमेरदेखि नै उनको मन र मस्तिष्कमा नेपाली सङ्गितको छाप लागेको थियो । गाउँ घरमा रमाइलो हुँदा पनि मिलन घरपरिवार बन्धनबाट उम्केर त्यहाँ पुग्ने गर्थे । मिलनलाई पहिले देखि नै पारिवारिक रूपमा असज हुदा पनि उनले सङ्गितलाइ कहिले छोडेनन् ।
भनिन्छ नि जुन कुराको मन देखि माया गरिन्छ त्यो कोहि कसैले पनि चाहेर पनि निकाल्न सक्दैनन् । हो त्यहि कुरा मिलनको जीवनमा पनि आयो । सङ्गीत भन्ने बितिकै हुरूक्क हुने उनी अहिले पनि सङ्गितलाई त्यतैकै महत्व दिन्छन् ।

२०४४ साल देखि निरन्तर सङ्गीत क्षेत्रमा लागेका उनी अहिले एक जागिरे जीवन सगै सङ्गितलाइ पनि साथमा लिएका छन् । कुलमान नेपाली, प्रेमदेव गिरी, गंगा के.सी., स्व. टेकराज भारती, भिमबहादुर कार्की लगायत अग्रजको छत्रछायाले संगीतमा निरन्तर लगाव भएको उनले बताए ।

कर्णालीमा सङ्गीत, कला नबुझे समाजका अगाडि मिलनको त्यो लगाभ देखेर जो कोहि अचम्म पर्ने गर्छन । सान्त र सालिन स्वाभाबका उनी स्कुल तहदेखि नै गीत गाउने लगायत अन्य स्कुलले आयोजना गर्ने कार्यक्रममा भाग लिने गर्थे ।त्यहि क्रममा एश्वर्य साङ्गितिक सिल्डमा ३ पटक नेपाल प्रथम भएको उनले बताए । आत्मा देखि नै कला र गला क्षेत्रमा रुचि भएको कारण पढाइ लेखाइ भन्दा धेरै सङ्गितलाइ महत्त्व दिन थालेका उनले २०४८ सालमा पहिलो पटक रेडियो नेपालमा गीत गाउने अबशर पनि प्राप्त गरे ।

गीतको छायांकनको क्रममा नृत्य निर्देशक याम गुरुङ र गायक मिलन सुवेदी

अहिले उनका ४ वटा गीत बजारमा आईसके र अब ३ वटा गीत बजारमा आउने क्रममा छन् । आफुले सिर्जना र गाएका गीतहरूमा कर्णालीको मौलिकता ,भाषा,सस्कृति र पर्यटनमा टेवा पुग्ने उद्देश्यले गीत सिर्जना गर्ने गरेको उनले बताए । हाम्रो समाजले सङ्गितमा लागेका पछिल्लो पिढिहरूलाई सहयोग गर्ने पनि उनले अनुरोध गर्छन् । क्षमता भएका व्यक्ति परिचान गरि उसको आर्थिक िस्थतिलाइ बुझि सरकारले भौतिक,आर्थिक,नैतिक रूपमा सहयोग गरि आफ्नो गाउँघरको मौलिकतालाई चिनाउन सरकार ठुलो भुमिका खेल्नु पर्ने उनको भनाई छ । आफु सधै कलाक्षेत्रबाट चिनिने उनको बिश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close