मानव सभ्यताको शहर बुटवल घोषणा

बुटवल । बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने तयारी तीव्र पारिएको छ ।सडकपेटी र सार्वर्जनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरले पुस ५ गते नगरलाई एक औपचारिक कार्यक्रम गरी सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने जनाएको छ ।

हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरलाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर बनाइने उपमहानगरपालिकाका प्रमुख शिब सुबेदीले बताए ।सडकमा बेसाहरा रुपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसँग सहकार्य गरिरहेको उनलेे बताए ।

बुटवलका सडकमा बेसहारा भएर बसेका मानवहरुलाई खोजीखोजी उद्धार गर्ने, आश्रममा लैजाने, उपचारको खाँचो रहेकाहरुलाई उपचारको व्यवस्था मिलाउने सम्मका कामहरु भइरहेको मावन सेवा आश्रमकी केन्द्रीय महासचिब रुपा केसीले बताइन् ।मानवसेवा आश्रममले गतसालको पुस ७ गतेदेखि यता १ वर्षको अवधिमा १९७ जनाको उद्धार गरिसकेको छ । भने अहिले रात्रीकालीन उद्धार सेवा पनि चलाइएको केसीले बताइन् ।सो समितिमा सरोकावाला, नगरकार्यपालिका, सरकारी निकाय, सामाजिक संघ संस्था,नागरीक समाज, संचारकर्मी, टोलविकास संस्था, विभिन्न समुह, सामुदायिक संघसंस्था क्लब समाजसेवी, बुद्धिजीवि, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासमेतको सहकार्य छ ।

नियमति अनुगमन , उद्धार गरेर आवश्यक सेवा प्रवाह गर्ने बेवारिसे सडक मानवहरुको मानवोचित उद्धार, औषधोपचार,पालसनपोषण, परिवार पत्ता लागेपश्चात पारिवारिक पुनःमिलन गराउने, मनोपरामर्शको सेवा प्रवाह गर्नेकामलाइ तिब्रता दिइएको उपप्रमुख गुमादेबी आचार्यले बताइन् ।बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्नुअघि उपमहानगरले पत्रकारहरुसंग अन्तरकि्रया तथा छलफल, वडाध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु र सबै कर्मचारीसंग छलफल भएको छ ।

त्यस्तै पुस १ गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, मानवसेवा आश्रमसहितको बैठक बोलाएको छ ।लगातारको अभियानपछि कार्यान्वयन हुने गरी नै मानव सभ्यताको शहर घोषणा गरिने उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले बताए ।बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा र कार्यान्वयनका लागि सरोकारवालालाई प्रतिबद्धतासहित हस्ताक्षर अभियान पनि संचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close