भारतमा नयाँ संक्रमणको झन ठूलो खतरा,नेपाल बोर्डर अझै खुल्ला

भारतमा पछिल्लो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । त्यसमा नयाँ भेरिएन्ट ओमिक्रोनसमेत थपिएको हो ।

हिजोसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या झण्डै डेढ सय पुगेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा ४८,नयाँ दिल्लीमा २२, राजस्थानमा १७ र कर्नाटकमा १४ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी तेलंगना राज्यमा २०, गुजरातमा ९, केरलामा ११, आन्ध्र प्रदेश, चण्डीगढ, तमिलनाडु र पश्चिम बंगालमा एक एक जना संक्रमित फेला परेका हुन् ।

भारतमा आगामी वर्षको फेब्रुअरीमा कोरोना महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिइएको छ । अघिल्लो लहरमा डेल्टा भेरिएन्टले तहल्का मच्चाएकाले आगामी लहरमा नयाँ भेरिएन्ट ओमिक्रोनले ठूलो मानवीय क्षति पुर्याउने सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close