माघ १ मा रिलिज हुँदै ‘एउटा यस्तो प्रेम कहानी’

कोभिडका कारण लामो समय शिथिल भएको नेपाली फिल्म क्षेत्र जुर्मुराउने अभ्यासमा छ। यसैबीच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ।

पुस १७ गते पोस्टर रिलिजसँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरूमा प्रदर्शन हुने बताइएको छ।

शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योगसम्म डोर्‍यायो।

पाकिस्तानमा श्रेष्ठको कलाले राम्रो उचाइ लियो। यसरी नेपाली र विदेशी समेत फिल्मलाई महत्त्वपूर्ण योगदान दिएका व्यक्तिले अहिने नेपाली फिल्म उद्योग झन्डै ‘कोमा’मा पुगेको परिस्थितिमा फिल्म रिलिज गरी नेपाली फिल्म उद्योगलाई टेवा पुर्याऊँ भनेका कारण निर्माण पक्ष त्यसैमा सहमत भएर फिल्म रिलिज गर्न लागेको फिल्मको अफिसियल फेसबुकमार्फत जारी प्रेस नोटमा उल्लेख छ।

‘हाल कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म हल खोली नेपाली फिल्म जगतलाई टेवा पुर्याउने हल संचालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं,’ प्रेस नोटमा भनिएको छ, ‘आगामी माघ १ गते देशव्यापी रूपमा फिल्म रिलिज गरिने छ। यस विषम परिस्थितिमा हामो प्रयासलाई यहाँहरूको साथ र सहयोग रहने अपेक्षा गरेका छौं।’

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close