प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटघाट

प्रदेश प्रमुख माननीय तिलक परियार र मुख्यमन्त्री माननीय जीवनबहादुर शाहीबीच शनिबार भेटघाट भएको छ । भेटका क्रममा मुख्यमन्त्री शाहीले सरकारले गरेका काम–कारवाहीका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराउनु भएको थियो ।
मुख्यमन्त्री शाहीले हरेक बुधबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, प्रत्येक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र उर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको, दोस्रो चौमासिकमा पुँजीगत खर्च बड्ने जानकारी गराउनु भएको थियो ।
यस्तै मुख्यमन्त्रीज्यूले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी पनि दिनु भएको थियो ।
भेटका क्रममा प्रदेश प्रमुखज्यूले प्रदेश सरकारका काम–कारवाहीप्रति आफू सन्तुष्ट रहेको बताउनु भयो । उहाँले आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले त्यहीँ अनुसारका नीति, कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । प्रदेश प्रमुखज्यूले कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरु प्रदेश सरकारले खरिद र बजारिकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, कालापहाड र विदेशमा जाने मानव श्रमलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने वातावरणका लागि सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले कर्णालीमा जातीय विभेदका घटनाहरु धेरै हुने भएकाले सामाजिक जागरण र रुपान्तरणका कार्यक्रम पनि सञ्चालन गर्न सरकारलाई सुझाव दिनुभयो ।
च्बmभकज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close