बेलायती महारानीका रोचक तथ्य

काठमाडौं । पासपोर्ट विना विदेश जान पाइँदैन भन्ने कुरा त सबैलाई थाहै छ । आफ्नो मुलुकको पासपोर्ट र नियमानुसारको भिसा विनै विदेशी मान्छे समातियो भने जुनसुकै देशले कारवाही गर्दछन् । तर यो दुनियामा एउटा यस्तो देश छ, जहाँकी महारानीसँगै आफ्नो देशको पासपोर्ट हुँदैन । तर ती महारानी अहिलेसम्म विश्वका १ सयभन्दा धेरै देशको यात्रा गरिसकेकी छिन् ।

हो, बेलायतकी महारानी एलिजाबेथ द्वितीया सायद विश्वकै एकमात्र यस्ती महिला हुन् जो विना भिसा तथा पासपोर्ट दुनियाका १ सयभन्दा धेरै देश घुमिसकेकी छिन् । वास्तवमा बेलायतमा महारानीको राहदानी नै हुँदैन । महारानी बाहेक बेलायती राजपरिवारका अन्य सदस्यको भने राहदानी हुन्छ र उनीहरु राहदानी लिएर विदेश जान्छन् ।

बीबीसीको एक रिपोर्टअनुसार महारानी एलिजाबेथलाई आफ्नो पासपोर्ट बनाउनै आवश्यक छैन । किनकी बेलायतका सबै जनताको राहदानी उनकै नामबाट जारी हुन्छ ।

ड्राइभिङ लाइसेन्स पनि छैन, आय कर पनि तिर्नुपर्दैन

राहदानी नभए पनि महारानीसँग एउटा गोप्य कागजात भने हुन्छ । त्यो कागजातले पासपोर्टकै काम गर्दछ । महारानीको भ्रमणका क्रममा यही कागजात बोकेर हिँडेका हुन्छन् सम्बन्धित कर्मचारीहरु ।

महारानीसँग सवारी चालक अनुमतिपत्र पनि छैन । तरपनि उनी कार चलाउँछिन् । बेलायतमा महारानीमात्र एकजना यस्ती नागरिक हुन् जसले आयकर तिर्नु पर्दैन । तर सन् १९९२ देखि उनले स्वेच्छाले आफ्नो आम्दानीको नियमानुसारको कर सरकारी ढुकुटीमा जम्मा गर्दै आएकी छिन् ।

जन्मदिन मनाउने मिति फरक फरक

अर्को रोचक कुरा के भने महारानीको जन्मदिन समेत फरक(फरक मितिमा मनाइन्छ । उनको आधिकारिक जन्मदिन बेलायत, अस्ट्रेलिया, क्यानडा तथा न्यूजिल्याण्डमा फरक(फरक मितिमा मनाइन्छ । बेलायतमा हरेक वर्ष जून महिनाको पहिलो, दोस्रो वा तेस्रो शनिबार महारानीको जन्मदिन मनाइन्छ, सरकारी तवरमा ।

पूर्वी अस्ट्रेलियामा जूनको दोस्रो सोमबार महारानीको जन्मदिन मनाइन्छ भने पश्चिमी अस्ट्रेलियामा सेप्टेम्बरको अन्तिम हप्ता वा अक्टोबरको पहिलो हप्ता मनाइन्छ ।

त्यस्तै न्युजिल्याण्डमा जूनको पहिलो सोमबार तथा क्यानडामा मे महिनाको पहिलो सोमबार महारानी एलिजावेथको जन्मदिन मनाइन्छ । तर महारानीको वास्तविक जन्मदिन चाहिँ अप्रिल २१ तारेख हो । उक्त दिन उनले राजदरबारमा परिवारका साथमा आफ्नो जन्मदिन मनाउँछिन् ।

(एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close