पुरुष भन्दा महिला अम्बल ,महिला सिडियो संख्या ६ पुग्यो

काठमाडौँ / नेपाल सरकारले ६ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ ।भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरेपछि उनको ठाउँमा सहसचिव हुमकला भट्टराई नियुक्त गरेपछि महिला सिडिओ संख्या ६ पुगेको हो ।

६ महिला सिडिओहरुमा भक्तपुर अधिकारीसँगै रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराई रहेका छन् ।
यसैगरी सहायक महिला सिडिओहरूमा काभ्रेमा लक्ष्मीदेवी खतिवडा हुमागाईं, सिन्धुलीमा विजयाकुमारी प्रसाईं, रसुवामा सपनाकुमारी भट्टराई र डोल्पामा लक्ष्मीदेवी शर्मा कार्यरत छन् ।

गृहमन्त्रालयले सिडिओ हेरफेर गर्दा पर्साका सिडिओ नारायण भट्टराईलाई चितवनमा तथा चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको थियो । भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ । भने डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको थियो ।

गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close