लागु औषधसहित एक जना पक्राउ

जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका(७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो ।
चन्दननाथ ९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताउनुभयो । उहाँका अनुसार रावल क १ ज ४८ नं सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close