
सुर्खेतस्थित असिम अटो पार्ट्सले सञ्चालन गरेको बजाज महाएक्सचेन्ज मेलामा बजाज प्रिमियम लिग अफर अन्तर्गत सुर्खेतका आशाराम लामिछानेले कर्णाली प्रदेशस्तरको लक्की ड्रमार्फत रु। १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
लामिछानेले अफर अवधिमा बजाज मोटरसाइकल खरिद गरेका थिए। लक्की ड्रमा आफ्नो नाम परेपछि उनले रु. १ लाख नगद जित्न सफल भएका हुन्।
यसअघि पनि असिम अटो पार्ट्समार्फत कर्णाली प्रदेशका ३ जना मोटरसाईकल खरिदकर्ताहरुले क्रमशः रु. ५०\५० हजारका पुरस्कारहरू प्राप्त गरिसकेका छन्।





