
कर्णाली प्रदेशको राजधानीमा शिक्षा क्षेत्रमा योगदान दिदै आउनु भएका सिद्धपाईला स्कुलका प्रिन्सिपल नैनसिंह खत्रीको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्य सिर्जनामा रुचि राख्ने प्रिन्सिपल खत्रीले हिन्दु नारीहरुको मौलिक तीजलाई सम्मान स्वरुप तीज गीत मज्जाले नाचिन्छ बजारमा ल्याउनु भएको हो ।
गीतमा प्रिन्सिपल खत्रीको लय शब्दमा टिका पुनको स्वर र असोक बस्नेतले एरेन्ज रहेको छ । विद्यालय संचालिका हिरा क्षेत्री व्यवस्थापनमा म्युजिक भिडियो विद्यालयमा नै छायांकन भएको हो ।
क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरले उत्पादन गरेको म्युजिक भिडियोमा स्कुलका शिक्षिका मीना रानाको अभिनय रहेको छ । यस्तै कोरसका रुपमा विद्यालयकै विद्यार्थीहरुको नृत्य रहेको छ ।
हेमन्त कंडेलको छायांकन र मानबहादुर ओलीको सम्पादनमा रहेको म्युजिक भिडियो नैन सिंह खत्री युवटुव च्यानलबाट सार्वजनिक भएको हो ।





