अमेरिकी राष्ट्रपति बाइडेन कोभिड-१९ बाट संक्रमित

अमेरिकी राष्ट्रपति जो बाइडन कोविड-१९ बाट संक्रमित भएका छन्। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको रेसबाट बाहिरिन दबाब परेकै बेला उनी संक्रमित भएका हुन्।

कोभिड संक्रमणले प्रतिकुलता थप्ने बताइएको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारिन जिन पियरेका अनुसार राष्ट्रपतिले भ्याक्सिन र बुस्टर लगाएका थिए।
उनका अनुसार यसअघि पनि बाइडेन संक्रमित भइसकेका हुन्। बाइडेनले ट्विटमार्फत् जानकारी दिएका छन्। उनले आफू उपचारमा रहेको र निको हुँदै गएको बताएका छन्।

बाइडेनले बुधबार यही कारण चुनावी सभा रद्द गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close