संखुवासभा बस दुर्घटना : १४ जनाको मृत्यु, पाँच जना घाइते

संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो र पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close