कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्य न्यायधिवक्ता खड्काले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गराएका हुन् ।
मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्ता खड्कालाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६ को उपधारा २ बमोजिम उनलाई मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण पनि गराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close