कौशी खेती सम्बन्धि क्षमता विकास तालिम

सुर्खेत,१२ माघ । कौशी खेती सम्बन्धि दुई दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ । आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न गरिएको छ ।
नगरपालिकाका कृषकले तरकारीमा आत्मनिर्भर भई आयआर्जनमा वृर्दि गर्नुपर्ने आफुहरुको लक्ष्य भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्दै प्राथमिकताका साथ कृषिमा लगानी गरेको उनको दाबी छ ।
वीरेन्द्रनगर नगरपालिका नगर कृषी विकास शाखाको आयोजनामा वडानम्बर ८ का दुई दर्जन भन्दा बढी कृषकहरुलाई क्षमता विकास सम्बन्धि तालिम दिइएको कृषी शाखाका प्राविधिक सहायक हेमराज केसीले बताए । कृषकलाई हरेक छाक हरियो तरकारी भन्ने लक्ष्य अनुसार कृषकलाई प्रोत्सान गर्न यस्तो तालिमको आयोजना गरिएको केसीको भनाई छ ।
पोषण सम्वेदनशिलको कृषी उत्पाददनलाई मुख्य उद्देश्यका साथ नगरपालिकाले कृषी उत्पादनलाई आत्म निर्भर बनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको नायव प्राविधिक सहायक तथा तालिमका संयोजक पदम नेपालीले बताए । उनका अनुसार यो तालिम कर्णाली प्रदेशमै पहिलो हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close