प्रतिक्षा मोन्टेसरीमा आर्ट एण्ड साइन्स प्रदर्शनी

वीरेन्द्रनगर–४, सुर्खेतस्थित प्रतिक्षा मोन्टेसरी एलिमेन्ट्री स्कुलमा दोस्रो चरणअन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले ‘आर्ट एण्ड साइन्स एक्जिबिसन’ कार्यक्रम शनिबार आयोजना गरेका छन्। कार्यक्रमको वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव धिरेन्द्र प्रसाद शर्माले ब्यानर पेन्ट गरेर उद्घाटन गर्नुभयो।

कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले कक्षागत सिकाइका क्रममा तयार पारेका विभिन्न विज्ञान सामग्री, कलात्मक सिर्जना तथा प्रयोगात्मक परियोजनाहरू प्रदर्शनीका रूपमा प्रस्तुत गरेका छन।

प्रदर्शनीमा बालबालिकाले तयार पारेका कार्यहरू अभिभावकहरूले अवलोकन गरेका छन्। विद्यार्थीहरूले आ–आफ्ना कक्षागत प्रदर्शनी स्थलमा सहभागी अभिभावकलाई तयार पारेका सामग्री, त्यसको उद्देश्य र प्रयोगबारे जानकारी गराए। यसले विद्यार्थीको आत्मविश्वास, प्रस्तुति क्षमता र व्यवहारिक सिकाइलाई प्रस्ट रूपमा देखाएको छ।

कार्यक्रम अवलोकनपछि अभिभावकहरूले विद्यार्थीहरूको सिकाइ, अभ्यास र सिर्जनशीलताको खुलेर प्रशंसा गरेका छन्। यस्ता गतिविधिमूलक कार्यक्रमले बालबालिकाको बौद्धिक, सामाजिक तथा व्यवहारिक विकासमा सकारात्मक प्रभाव पार्ने अभिभावकहरूको भनाइ छ।

विद्यालयले यसअघि पुस २७ गते प्ले–ग्रुप, नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत बालबालिकाद्वारा पनि यस्तै शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close