विरहीको सुर्खेतमा भेटौला

गायक खुम वली विरहीको सुर्खेतमा भेटौला गीतले चर्चा कमाएको छ । माया प्रेममा परेका युवा युवतीको सुर्खेतमा भेटे भएको, बुलबुले, काँक्रेविहार, देउतीबज्यै मन्दिर घुम्न गएको जस्ता विषय समेटिएको झ्याउरे गीतमा विरहीको आफ्नै स्वर तथा शब्द रहेको छ ।
वीरेन्द्रनगर १६, गर्पन मेहेलीमा घर भएका विरहीको पहिलो गीत सुर्खेतमा भेटौलामा सुर्खेती गायिका टिका पुनले स्वरमा साथ दिएकी छिन् । सानै उमेरबाट गीतसंगीतमा रुचि राख्ने विरहीले गीतमा सुर्खेतका चर्चित पर्यटकीय स्थलको चर्चा गरेका छन् ।
उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन् । मानिसले चाहे संसारमा असम्भव केही छैन भन्ने भनाईलाई उनले सार्थकता परिणत गरेका छन । गायक विरहीको पहिलो गीत सुर्खेतमा भेटौला सार्वजनिक गर्नु अघि नै दोस्रो गीत आत्मा शान्ति सार्वजनिक गरेका थिए ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस 

आफै गाउने, शब्द लेख्ने र संगीत भर्न समेत प्रखर बहुप्रतिभावान गायक विरहीले भविष्यमा श्रोताहरुको चाहना अनुसार आफ्नै मौलिक पनमा गीत पस्कीने बताउँछन । स्थानीय कला संस्कृतिको संरक्षण गर्दै मौलिकपनलाई गीत संगीतबात जीवन्द गराउनुपर्ने उनको धारणा छ ।

सुर्खेतको पर्यटकीय क्षेत्र भिमचुला, बुलबुले, मेहेली लगायत क्षेत्रमा छायांकन गरिएको गीतमा भोजबहादुर वली, दिपेन्द्र थापा, नम्रता थापा र अस्मिता विकको अभिनय रहेको छ । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरले उत्पादन गरेको गीतमा मानबहादुर वलीको छायांकन तथा सम्पादन रहेको छ भने वली म्युजिक प्रा.लि.को अफिसियल च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

याे पनि हर्नुहाेस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close