जुम्लामा सुरु भयो विद्यार्थी भर्ना अभियान

 जिल्लाका सामुदायिक विद्यालयले भर्ना अभियान सुरु गरेका छन्। बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियान शुरु गरिएको हो।
जुम्लामा मंसिरमा वार्षिक परीक्षा सकेर फागुनको पहिलो सातासम्म विद्यालयमा हिउँदे बिदा हुन्छ। बिदा सकिएलगत्तै अभियान सुरु गरिएको हो।

तातोपानी गाउँपालिका ५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका प्रधानाध्यापक प्रेमबहादुर शाहीले भर्ना अभियानलाई सार्थक र सफल वनाउनको लागि अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको भूमिका हुने बताए। ‘सबै बालवालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुश्चित गरौँ  भन्ने नाराका अभियान चलाएका छौँ।’

दुर्गा माविका शिक्षक जयशंकर धितालले अभियानले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिरहेको बताए। ‘अझै पनि गरिब तथा विपन्न र अपांगता भएका बालबालिका विद्यालयको पहुँचमा आउन सकेका छैनन्’, उनले भने।

यो वर्ष सबैलाई विद्यालयसम्म पुर् याउन प्रयास  गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीचन्द्र आचार्यले बताए।  उनका अनुसार कक्षा दुर्गा माविमा १ देखी  १२ कक्षा सम्म पठाइ भइरहेको  छ ।

विद्यालयमा यो वर्षदेखि कक्षा १ देखी ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ।  ‘सामुदायिक विद्यालयमा पनि शिक्षाको गुणस्तर बढाउनु पर्छ भन्ने मान्यताका साथ हामी अघि बढेका छौँ’, उनले भने।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close