हरियो मटरमा पाइन्छ भिटामिन ए, बी, के र सीः मधुमेहका बिरामीका लागि फाइदाजनक, तौल पनि घटाउँछ

चिसो मौसममा हरियो मटर खानुको मज्जा नै बेग्लै हुन्छ । यो खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका लागि त्यति नै फाइदाजनक पनि । साथै यो विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । यसमा भिटामिन ए, भिटामिन बी वान, भिटामिन बी सिक्स, भिटामिन सी र भिटामिन के पाइन्छ ।

हरियो मटर भिटामिनको पावरहाउस भनिन्छ । भारतकी डायटिशियन निधि पाण्डे करियो मटरमा क्यालोरी निकै कम हुने र फाइबर, प्रोटिन, म्यागनिज, आइरन र फोलेटको मात्रा अत्यधिक हुने बताउँछिन् ।

हरियो मटरका ६ ठूला फाइदाः

तौल घटाउन प्रभावकारीः

तौल घटाउन चाहनेहरुका लागि हरियो मटर निकै प्रभावकारी मानिन्छ । फाइबर र प्रोटिनले भरपुर भएका कारण यो खाँदा धेरै बेरसम्म भोक लाग्दैन । यसले तौल नियन्त्रणमा पनि सहयोग गर्छ ।

मुटुरोगलाई राख्छ टाढाः

हरियो मटरले उच्च रक्तचापको समस्याबाट जोगाउँछ । यसले शरीरको ब्याड कोलेस्ट्रोल पनि कम गर्छ । त्यसैले यो रक्तचापका लागि मात्रै नभई मुटुका लागि पनि राम्रो मानिन्छ ।

पाचनका लागि उत्कृष्टः

हरियो मटरमा फाइबरको भरपुर मात्रा पाइन्छ । यसले हाम्रो पाचन क्रियालाई चुस्त र दुरुस्त राख्छ । हरियो मटर खाँदा शरीरमा राम्रो ब्याक्टेरियाको विकास हुन्छ जसका कारण आन्द्राले सही तरिकाले काम गर्छ । हरियो मटर खाँदा पेट राम्रोसँग सफा हुन्छ र कब्जियतको समस्या पनि रहँदैन ।

मधुमेहका बिरामीलाई फाइदाजनकः

हरियो मटरमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । हरियो मटरमा पाइने प्रोटिन र फाइबरले पनि ब्लड सुगर बढ्नबाट रोक्छ । यसमा भिटामिन ए, बी, सी र के पनि पाइन्छ जसले मधुमेहको खतरालाई कम गरिदिन्छ ।

हड्डीका लागि आवश्यकः

बलियो हड्डीका लागि भिटामिन के निकै आवश्यक हुन्छ । भिटामिन ‘के’ ले शरीरलाई आस्टियोपोरोसिसको समस्याबाट जोगाउँछ । उसिनेको एक कप हरियो मटरमा भिटामिन के–वान को आरडीए हुन्छ जुन हड्डी बलियो बनाउनका लागि परिचित छ ।

छालाका लागि उत्कृष्टः

हरियो मटरमा पाइने भिटामिन सीले शरीरमा कोलेजन बन्छ । त्यसैले छालाको दाग धब्बा हटेर जान्छ भने चम्किलो पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close