कर्णालीमा हालसम्म ९० प्रतिशत रोपाइँ सकियो

सुमन खड्का
सुर्खेत ३१, असार ।

कर्णालीमा हालसम्म ९० प्रतिशत रोपाइँ सकिएको छ। गत आर्थिक वर्षमा असार मसान्तसम्म ८३ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष चाँडै भारी वर्षा भएका कारण धान रोपाइँ चाँडै सकिएको हो।

कृषि विकास निर्देशनालय सुर्खेतका कृषि अधिकृत याम बहादुर रानाका अनुसार कर्णालीमा हालसम्म ९० प्रतिशत रोपाइँ सकिएको छ । उहाँका अनुसार सुर्खेतमा १५ हजार ९५ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म १२ हजार ८ सय ३० हेक्टर जमिनमा रोपाइँ सकिएको छ।

यस्तै दैलेखमा कुल धानखेती हुने जमिन ७ हजार ९ सय २५ हेक्टरमध्ये हालसम्म ५ हजार ८ सय ५२ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। दैलेखमा हालसम्म ४५ प्रतिशत धान रोपाइँ सकिएको छ। रुकुम पश्चिममा धानखेती हुने जम्मा ३ हजार ४८ हेक्टर जमिनमा २ हजार २ सय ८६ हेक्टरमा रोपाइँ सकिएको छ। जुन ८० प्रतिशत हो।

यस्तै जाजरकोटमा धानखेती हुने जम्मा २ हजार ८ सय ५० हेक्टर जमिनमा २ हजार ४ सय ३८ हेक्टर जमिनमा धानखेती सकिएको छ। जुन ९४ प्रतिशत हो। सल्यानमा कुल ६ हजार १ सय ३२ हेक्टरमा धानखेती हुँदै आएकोमा हालसम्म ५ हजार ८ सय २५ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ। जुन ९५ प्रतिशत हो। हिमाली जिल्ला डोल्पामा जम्मा १ सय ९९ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म १ सय ८९ हेक्टर अर्थात ९५ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ।

यस्तै मुगुमा कुल ५ सय ९१ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म ५ सय ३१ हेक्टर अर्थात ९० प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म २ हजार ९ सय २० हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ९९ प्रतिशत हो। यस्तै, कालीकोटमा जम्मा २ हजार ५ सय १५ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म २ हजार २ सय ६३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ९० प्रतिशत हो। यस्तै हुम्लामा ५ सय ९९ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म ५ सय ९९ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन १०० प्रतिशत हो। कर्णाली प्रदेशमा हाल ३६ हजार १ सय २९ हेक्टर जमिनमा धान रोपाइँ सकिएको कृषि अधिकृत याम बहादुर रानाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close