धुलाम्मे सडक निर्माणको माग गर्दै स्थानीयको अवरोध (भिडियाे सहित)

वीरेन्द्रनगर ७ शिवालयचोकदेखि इत्राम स्कुलसम्मको सडकमा स्थानीयले अवरोध गरेका छन् । सुर्खेत दैलेख सडकण्डसम्म पर्ने सडकको स्तरोन्नतीमा ढिलाइ भएको र सडक अव्यवस्थित हुदाँ सडकको धुलो उडेर सास्ती भोग्नु परेपछि स्थानीयले सडकमा अवरोध गरेका हुन् ।
अघिल्लो आर्थिक बर्षको असोजमा ठेक्का सम्झौता भएको सडक निर्माणमा ढिलाइ हुदाँ सडकमा उडेको धुलो घरसम्म आएकाले बाध्य भएर अवरोध गर्नु परेको स्थानीयले बताएका छन् । स्थानीय रमा ढकालले दैनिक संयौ गाडि हिड्ने सडक निर्माणमा ठेकेदारले पानीसम्म नहाल्दा घरका कोठा र भान्सासम्म धुलो आउने बताउनु भयो । मौसम परिवर्तनसँगै सडकमा उडेको धुलोले घर परिवारका सवैको स्वास्थ्यमा असर पुगेको बताउनु भयो ।

गएको पुसको महिनाबाट सडक स्तरोन्नतीको काम शुरु भएपनि नाला निर्माण गरेर ठेकेदारले पुन काम शूरु नगरेको स्थानीयको आरोप छ ।
यता पूर्वाधार विकास निर्देशनालयले भने प्रदेश प्लानिङ अन्तगत शहरी सडक निर्माणमा तीन वटा प्याकेजमा काम गरेको हुदाँ आउदो फागुनसम्ममा सडक पक्की गर्न नसकिने बताएको छ । श्याम एण्ड शंखर कन्ट्रक्शनासँग ९ करोड २९ लाखमा २ बर्ष भित्र काम सक्ने गरी सम्झौता भएको भएपनि लकडाउनका कारण सडक स्तरोन्नतीको काम रोकिएको कार्यालय प्रमुख वासुदेव पौड्यालले बताउनु भयो । तेस्रो प्याकेज अन्तरगत शिवालय चोक देखि इत्राम स्कुल, अख्तियार कार्यालय हुदै घण्टाघर, क्याम्पस रोडसम्म काम भइरहेको प्रमुख पौड्यालको भनाइ छ ।
सवारी साधनको चाप एवम वातावरणीय र सामाजिक प्रभावलाई ध्यान दिदै धुलाम्मे सडकमा पानी हाल्दै निर्माणको काम गर्न सकिन्न भन्ने जिज्ञासामा कार्यालयका प्राविधिक हरि धिताल शर्माले ठेकेदारसँग कार्यालयले सम्झौताका क्रममा धुलाम्मे सडकमा पानी हाल्नलाई बजेट नछुट्याइएको बताउनु भयो । उहाँले सडकमा सवारी साधनको बाक्लो उपस्थिति नहुने हुदाँ पानी हाल्नका लागि कुनै सम्झौता नगरिएको बताउनु भयो । उहाँले स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पर्ने कतिपय सडक निर्माण गर्ने ठाउँमा अझै नौ महिना लाग्ने हुदाँ छलफलको विषय भएको बताउनु भयो ।

भिडियाे सामग्री हेर्नुहाेस् ।

 

कार्यालयले वीरेन्द्रनगरमा शहरी सडक निर्माणलाई तीन वटा प्याकेजमा बाडेर काम गरिरहेको छ । प्याकेज २ अन्तगत शिवालय चोकदेखि गुरुङचोक, भानुपार्क, प्रदेश सभा, टेलिकम, जिल्ला प्रशासन कार्यालय, आँखा अस्पताल हुदै आन्तरिक मामिला मन्त्रालयसम्म सडक पक्की र नाला निर्माणको काम हुदै छ । प्याकेज १ अन्तरगत कालुन्चोक हुदै क्याम्पस रोडसम्मको नाला, तारा भाडापसल नजिकबाट प्रगतिटोल, रत्नराजमार्गबाट मसुरखेतसडक, रातोपुल पूर्वपश्चिमको सडक कालोपत्रे हुदैछ ।
सडक मर्मत एवम फराकिलो बनाउने काम थालेको लामो समयसम्म पनि निर्माण कार्य नसकिदा वीरेन्द्रनगर बजारका मुख्य सडक धुलाम्मे बनेका छन् । सडकमा उड्ने धुलोका कारण सवारी साधन प्रयोगकर्ता, पैदलयात्री र स्थानीयले सास्ती भोग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close