पाँच दलीय गठबन्धन संविधानको रक्षा र देशको हितको लागि बनेको होः काँग्रेस उपसभापति खड्का

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनको निर्णय पालना गर्न पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ।सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले दलका आन्तरिक विधान एवम् नियमभित्र रही गठबन्धनका आधिकारिक उम्मेवादरलाई स्थानीय चुनावमा जिताउन आग्रह गर्नु भयो ।

उहाले संविधानको रक्षा र पिछडिएका, सिमान्तकृत वर्गका माग पूरा गर्न नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको बताउनु भयो ।
निर्वाचनको नजिक पार्टी भित्रका असहमति र गुनासो भए आन्तरिक बसाईबाट टुंग्याउन आग्रह गर्दै उहाले नेता र नेतृत्वबाट भएका कमजोरीलाई निर्वाचन पछि सच्याईने बताउनु भयो ।
उहाले उम्मेदवारहरुले गरेका संकल्प पूरा गर्नेगरी केन्द्रबाट बजेट पठाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close