सभापति देउवाको कार्यकाल एक वर्ष थपिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल एक वर्ष थपिने भएको छ । देउवाको कार्यकाल एक वर्ष बढाउन नदिने संस्थापन खेमाको लामो समयदेखिको प्रयास अन्ततः खेर जाने देखिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिको म्याद एक वर्ष थप हुने छ । देउवा र उनको नेतृत्वको केन्द्रीय समितिको चार वर्षीय कार्यकाल आउँदो फागुनमा पूरा हुँदै थियो । तर, असाधारण स्थिति भएका केन्द्रीय कार्यसमितिले सोको कारण खोलेर बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने पार्टी विधानको प्रावधान अनुरुप म्याद थप हुने प्रवक्ता शर्मा बताउँछन् ।

शर्माले औपचारिक रूपमा त्यो निर्णय कहिले हुन्छ भन्नेबारे भने खुलाएनन् । ‘अर्को फागनुसम्मको एक वर्षको समयावधि थप हुन्छ, हामीले अघिल्लो बैठकमा महाधिवेशनका लागि कार्यतालिका बनाउँदा कार्तिक मसान्तसम्ममा अन्तरिम संरचना बनाउने निर्णय नै भएको छ,’ शर्माले भने ।

कांग्रेसको विधानमा महाधिवेशन भन्दा कम्तिमा एक वर्ष अगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरू गठन गरिने उल्लेख छ । त्यसपछि मात्र प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close