सुर्खेतमा भेटिएको बम सेनाले निष्क्रिय पार्‍यो

 

 

 

१३ फागुन, सुर्खेत ।सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको थियो । बन्द अवस्थामा रहेको प्रेसर कुकर बम भएको आशंका गरिएको थियो ।
बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।
‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close