धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री

कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारीमा कोरोनाको महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ ।

सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार ८५०  सय पचासको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै  ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २०० थान र  २५ थान सुरक्षा चस्मा रहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । ती सामग्रीको जम्मा मूल्य १८ लाख ५१ हजार १ सय रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close