शिक्षामन्त्री भन्छन्– सामुदायिक विद्यालयका शिक्षकहरु यही महिनाभित्र आ–आफ्नो कार्यस्थलमा पुग्नुस्

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकहरुले साउन महिनाभित्र आ–आफ्नो कार्यस्थलमा पुग्नु पर्ने बताएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शुक्रबार साउन मसान्तभित्र शिक्षकले विद्यालयम पुगि सक्नु पर्ने बताएका हुन् ।

सरकारले शिक्षकहरुलाई सम्बन्धित क्षेत्रमा पुग्नका लागि पासको पनि व्यवस्था गर्ने बताए ।

उनले भने, ‘पब्लिक स्कुलका टिचरहरु यो महिनाभित्र आफ्नो क्षेत्रको स्कुलमा जानुपर्छ । यो वा त्यो बहानामा स्कुलसँग नगाँसिने भन्ने हुँदैन । अब जान गाह्रो भयो भने गृहमन्त्रालयले मध्यस्थता गरिदिन्छ । पिसिआर गर्नुपर्ला, त्यो पनि व्यवस्था हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close