क्वारेन्टीनमा तनाव व्यवस्थापन

मनाेविमर्शकर्ताः शर्मिला विसी

घर छेउमा रहेकोे प्रावि विद्यालय जसमा क्वारेन्टीन बनाइएको थियो र त्यहा भारतबाट फर्कनु भएका सोही गाउका बासिन्दाहरुलाई राखिएको थियो । सानी नानीले मसिनो रुन्चे स्वरमा डाडा माथीबाट डाडातलकोे क्वारेन्टीनमा हेरेर बाबा घर आउनुन किन त्यहा बस्नुभाछ , घर जाम के भन्दै बोलाएको आवाज सुनेर पछाडी फर्केर हेरे । यस्तै अन्दाजी ५ बर्षकी नानी मलाई घरमा लिन दिनहु आईरहन्छिन् भन्दै छोरीकोे आवाज सुनेर अगाडी बसेका बाबाको आखाभरी आशु टिलपिल भएको देखेर मैले पनि आफ्नाे मन थाम्न सकिन । हामी संगै रहनुभएका गाउपालीकाका अध्यक्ष, उपाध्यक्ष लगायतका सम्पुर्ण व्यक्तिका लागी त्यो दृश्य साच्चै अविस्मरणीय र भावनात्मक थियो । घर अगाडी आएका बाबालाई हेर्न घरबाट भागी भागी आउने सानी नानी जो बाबाको एउटा न्यानो अगालो र मायाका लागी आतुर थिईन् । ति नानीको बाबा भन्दै हुनुहुन्थ्यो सधै आउछे, बाबा भन्छे , बोलाउछे आफुलाई माया लाग्छ उ घर जाम आउनु न भन्दै रुन्छे । मेरो बाध्यता न त म बुझाउन नै सक्छु न त उ बुझ्न नै सक्ने भएकी छे । चिन्ता, पिर, अत्यास सहित आशु थाम्न नसकेर म कोठाभित्र बसिरहेको छु । बाहिर निस्किदिन , छोरीले हेरेर बोलाएर बसेकी हुन्छे त्यो देखेर मन भक्कानिन्छ । बाबाले भनेको ति शब्दले मलाई पनि मन छोयो । आईसुलेसनमा कोरोना पोजीटिभ रिपोर्ट आएपछि झुन्डिएर मर्छु भनी प्रयास गरेका वयस्क उमेरका व्यक्ति अहिले घरमा खुसि छु बाचिदो रहेछ त भन्दै अझै पनि हामीलाई फोन गरिरहनुहुन्छ ।

पैसठि वटा क्वारेन्टीन पुगेको भएर यस्ता मन छुने घटना कती छन् कती, यि त मात्र प्रतीनिधी अंश हो । आफुलाई भने घर परिवारलार्ई सम्झिएर फोन गर्दा फोन लाग्दैन, नेटवर्कले काम नै गर्दैन । कहाँ कुन परिस्थितीमा छु, म परिवारमा थाहा पनि छैन । फर्कने बित्तिकै म क्वारेन्टीनमा आईशुलेसनमा बस्नु पर्यो भने मैले पनि त्यसरि नै सहनु बाहेक अर्को कुनै बिकल्प छैन । यस्तै कुरा मनमा खेलीरहे पनि कोरोना भाईरसको यस्तो बिषम परिस्थितीमा परिवारको यादलाई मनमा नै राखेर रोग, भोक, बास र अत्यास संगै अशुरक्षित म र मेरो यात्रा निरन्तर एक महिना सम्म चलिरह्यो ।
जुन दिन म क्वारेन्टीनमा रहेका मानीसहरुसंग आत्मवल बृद्धिका लागी तनाव व्यवस्थापन गर्ने उदेश्यले घरवाट निस्किय, त्यो बेला मनाेविमर्शकर्ताहरुलाई क्वारेन्टीनमा गएर काम गर्न सक्ने अवस्था र अनुमती दुबै थिएन । स्वास्थ्य, सुरक्षा, पत्रकार र अन्य केही महत्वपुर्ण निकायका व्यक्तिलाई सजिलै दिईने पास हामी मनाेविमर्शकर्ताहरुलाई दिईएन । किनभने राज्य संरचनामा मनाेविमर्शकर्ता अत्यावश्यक र महत्वपुर्ण दुबै क्षेत्रमा पर्दैनौ । तर यथार्त कुनै पनि जटिल परिस्थीती र घटनामा शारिरीक संगसंगै मानशिक स्वास्थ्य पनि एकै पटक हेरीनुपर्ने कुरा हो ।

बाढी पहिरो, भुकम्प, आगलागी विविध रोगको महामारी होस् जुन बेला पनि मनाेविमर्शकर्ता अत्यधिक समय खटेर सेवा प्रदान गरेको कुरालाई अहिले सम्म हाम्रो सरकारले देखेको पनि छैन । त्यसैले त सरकारको नजरमा नपरेका तर संघसंस्थाहरुबाट मात्र परिचालीत हामी सधै जटिल परिस्थीतीमा अग्रपन्तिमा काम गर्ने मनाेविमर्शकर्ताहरुलाई कोभिड १९ मा काम गर्ने बातावरण निकै असहज बन्यो ।
असहज परिस्थीतीका बाबजुत पनि त्रासै त्रासले भरीपुर्ण दिमागमा माया अनी आशाको ठुलो भारी मनमा बोकेर वीरेन्द्नगरबाट बैशाख तीस गते क्वारेन्टीनलाई लक्षित गर्दै मैले विकट गाउको यात्रा तय गरे । नगएको ठाउ नचिनेका मान्छे, कहाँ बस्ने, के खाने, बिना टुंगोे मेरो यात्रा निरन्तर चलीरहेको थियो । जब म क्वारेन्टीनका लागी हिडिरहेकी थिए त्यो बेला क्वारेन्टीनमा बस्ने मानीस र उनीहरुले के कस्तो अवस्था भोग्नु परेको होला भन्ने कुरा मेरो मनमा खेलीरहेको थियो । आफुलाई मनैदेखी बलीयो बनाउन चाहिरहेकी म कतै कोरोना भाईरसले संक्रमित हुन्छु कि भनेर बेलाबेला नझस्किएकी पनि हैन । तर यथार्त अन्य परिस्थिती जस्तो एउटा पनि सहज थिएन कोरोना भाईरसको महामारीमा काम गर्न । विश्वको अवस्था, समाचारमा हेरीएका दृश्य र ति थुप्रिएका लाशहरु मानशपटलमा घुमिरहन्थ्यो म भने भगवानलाई सम्झिएर हिडिरहन्थे ।
हजारौ मानीसहरु लामो यात्रामा दुःख, भोक, चिन्ता र बिछोड संगै आफ्नो देश फर्केपछि आफ्नो सरकारको अपनत्व सहितको सुरक्षा र सहयोग खोजीरहेका थिए । परिवारसंग भेट्ने अत्यासलाई कोरोना भाईरसको डरले थिचिरहदा पनि त्यो परिस्थितीमा आखाभरी आशु लिएर आवाजमा थोरै आशाबादी शब्द सहित हामीलाई आर डि टि हैन पिसिआर गरीदिनु भन्दै गरीएको आग्रह बिस्तारै रिस, आक्रोश र आरोपमा बदलिदै गैरहेको थियो । आफ्ना जनप्रतिनिधिसँग आफुले हालेको भोटको महत्व मागिरहेका ती निर्दोश जनतालाई विश्वास दिलाउन र शान्त बनाउन त्यहाँका स्थानीय जनप्रतिनिधीसँग न कुनै उत्तर नै थियो न त व्यवस्थापन नै राम्रो थियो । चुहिने छाना, पानी र शौचालयको अभाव, सर्पको बिगबिगी, भौगोलीक विकटता जसले गर्दा उपचार र खाद्यान्न पुर्याउन समस्या भएका क्वारेन्टीनमा मास्क, सेनीटाईजर, साबुन र प्रयाप्त खाना समेत थिएन । प्रहरी र स्वास्थ्यकर्मि बिना नै व्यवस्थापन गरीएका क्वारेन्टीनमा समाजका मानीसले गर्ने घृणित र अपमानीत व्यवहारले त्यहाँका मानीसहरुको मन दुखिरहेको भावना व्यक्त गरीरहेका थिए । अझ महिला र बालबालीकाहरु पनि त्यहि व्यवस्थापनमा बस्नुपर्ने चुनौतीसँगै जनताहरुको आशा र सरकारको व्यवस्थापनको तालमेल नमिल्दा धेरैजसो मानिसहरुमा नकारात्मक सोचाई बुझाई र ग्रहण बढिरहेको अवस्था थियो ।

चिन्ता रोग, तनाब रोग, एन्जाईटी, साईकोसिस, निराशापन मानिसहरुमा दिनप्रतीदिन बढेको कुरा उहाहरुको मुहारमा प्रस्ट देखिन्थ्यो । मानीसहरुसंग कुराकानी गरीरहदा पनि यस्तो लाग्थ्यो यहि तरिकाले मानीसमा नकारात्मक सोचाई बढ्नु पक्कै पनि समाजका लागी राम्रो हैन । खाना नरुच्नु, निन्द्रा नपर्नु, रिस उठ्नु, दिक्क लाग्नु, समुहमा बसेर पनि आफुलाई एक्लो ठान्नु , झर्को मान्नु, बोल्न मन नलाग्नु यि सब लक्षण प्रशस्तै देखिन्थ्यो क्वारेन्टीनमा रहेका मानिसहरुमा । धेरैलाई त थाहा पनि थिएन की यो सब मनोसामाजीक समस्या र तनाबसँग सम्बन्धित रोग र त्यसका लक्षण हुन् भनेर । जब रोगका बारेमा नै थाहा छैन भने उपचारका बारेमा जानकारी हुने त कुरै भएन । मलिन अनुहार संगै सत्तरी बर्षिय बुवा भन्दैहुनुहुन्थ्यो हामीलाई कुकुरकोे जस्तो व्यवहार गरेर पर पर भनेर अपमानीत तरिकाले बोल्छन् ।

भारतमा होटलमा कुकको काम गर्ने २२ बर्षिय युवा यहाँ खाना रुचेको छैन कहिलेकाही थोरै बाक्लो दाल गराईदिनुस् न भन्दा तिमिहरुलाई सुती सुती जे भन्यो त्यो खाना पुर्याउन सकिन्न भनेर वचन लगाउछन् । कोरोना भाईरसको डर संगै त्यस्ता खालका बोली र वचनले क्वारेन्टीनमा बसेका सम्पुर्णलाई मन दुखाउने एउटै साझा माध्यम थियो । क्वारेन्टीनमा बस्ने मानीसहरुको पिडा एकातिर अर्काेतिर धेरै मानीस बिना व्यवस्थापन पन्ध्र दिन भन्दा बढि राखेर सेवा प्रदान गर्न स्थानिय निकायलाई पनि सहज थिएन । त्यसमा पनि पिसिआर जाचमा पनि समस्या, भारतबाट दैनिक नेपाल भित्रिने मानिसको संख्या नरोकिएको त्यो अवस्थामा कोही पनि तनावमुक्त थिएन र कसैले पनि कोही कसैको कुरा सुन्ने अवस्थामा नहुदा स्थिति झन नियन्त्रण भन्दा बाहिर गएको थियो । कयौ क्वारेन्टीनमा त झडप पनि भयो । कतै व्यवस्थापन पक्षसंग त कतै क्वारेन्टीनमा बस्ने समुहका सदस्य बिच । त्यस्तो अवस्थामा त्यहा एक आपसमा सामाजिक दुरी त कतै देखिएन । एकआपसमा दुरी नराखे पनि एउटा गाडीमा एकै दिन आएका मानीसहरुको समुह अर्को दिन आएका मानीसको समुहसंग भने सामाजीक दुरी कायम गरेर बसेका थिए ।

माथी उल्लेखित सम्पुर्ण गतिबिधि नियालेर हिडेकी म मेरो उदेश्य भने क्वारेन्टीनमा रहेका र व्यवस्थापन पक्ष दुबैमा सकारात्मक सोच बढाउने थियो । त्यहि अनुरुप ध्यान, योगा, आरामदायि अभ्यास , नाच गान , कथा वाचन, चुट्किला आदि भनेर तनाव व्यवस्थापन गर्नुका साथै आत्मबल बुद्धिका लागी पनि प्रेरणात्मक भनाई र भोगाई पनि साटासाट गरेर उर्जा भर्ने काम गर्दा साच्चै मलाई निकै आनन्द लागेको थियो । जब म एउटा क्वारेन्टीनबाट बिदा भएर अर्को क्वारेन्टीनका लागी जान्थे तब हसिलो अनुहार सहित फेरी आउनु है भन्दै हल्लाएका हातहरु देख्दा मा खुसि लाग्थ्यो । सोच्थे मलाई त कोरोना भाईरसले पनि छुदैन होला किनभने क्वारेन्टीनमा बसेका मानीसहरुको यति धेरै आर्शिवाद जो पाएकी छु । बिनौ स्वार्थ लकडाउनको अवस्थामा धेरै दुख गरेर टाढाको क्वारेन्टीनसम्म पुगेर मानीसलाई हतोत्साहि नभै आत्मबल बढाउन र अनुहारमा खुसि ल्याउन मात्र त हिडेकी हु ।
क्वारेन्टीनमा गर्भवती र बच्चालाई स्तनपान गराईरहेका महिलाहरुको समस्या र आवश्यकता त्यहा नजरअन्दाज थिए । दिर्घरोग संगै अन्य रोगको औषधि सेवन गर्ने व्यक्तिको सहभागीता पनि थियो । उच्च रतचाप, मधुमेह, जन्डिस, क्यान्सर र क्षयरोग आदि जस्ता बिरामीहरु मध्ये केहीको औषधि सिद्धिएको अवस्थामा पनि त्यहा औषधि उपलब्ध नहुदा मानीसहरु चिन्तीत थिए । जानकारि पाएसम्मका व्यक्तिलाई स्थानिय निकायसंग समन्वय गरि औषधिको लागी पहल पनि गरियो । प्रत्येक मानीस कोरोना भाईरसको त्रासमा रहेर दैनिक आफ्ना अत्यावश्यक कार्य गर्न नसकेको समयमा सबै सुरक्षित र संयम हुनु बाहेकको विकल्प थिएन । त्यसैले गाउमा एकाध घर हुने ठाउमा पनि घरको वरिपरि प्लाष्टिक डोरीले बाधेको देखिन्थ्यो र पानी माग्न पनि आट आउदैनथियो । तर पनि अव्यवस्थित भवन, व्यवस्थापन पक्ष, देश भित्रिएका मानिस र अग्रपंतिमा काम गर्ने सम्पुर्ण पक्षलाई अकस्मात आएको कोरोना भाईरसको त्यस्तो जटिल परिस्थितीमा पनि स्थानिय निकायले जति सदो व्यवस्थापन गरेको आफ्नै आखाले देखेको भएर होला म सोच्छु यदि स्थानिय सरकार नबनिसकेको अवस्था भएको भए त्यो बेलाको अवस्थामा कसरि व्यवस्थापन हुन्थ्यो होला र ?

(लेखकः सुर्खेत जिल्लाका विभिन्न क्वारेन्टिनमा मनाेविमर्शकर्ता रूपमा काम गर्नु भएकाे छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close