चीनमा स्वचालित बसको परीक्षण सुरु, निःशुल्क यात्रा र फाइभ–जी नेटवर्क

चीनले कोरोना महामारीकाबीच स्वचालित बसको परीक्षण सुरु गरेको छ । यो परीक्षणमा मानिसलाई आकर्षित गर्नका लागि बसमा यात्रा गर्नेका लागि निःशुल्क यात्रा गराइरहेको छ ।
चीनको यो पहिलो स्वचालित बस लाइनको व्यापारिक सुरुवात हेनान प्रान्तको झेन्गभूmमा परीक्षणको रुपमा सुरु गरिएको हो ।

स्वचालित बसको गती औसत २५ किलोमीटर प्रतिघन्टा राखिएको छ र यो बस अत्याधुनिक सुविधाबाट सु–सज्जित रहेको छ । बसमा फाइभ–जी नेटवर्कका साथै अन्तरक्रियात्मक प्रणाली र यूएसबी चार्जको सुविधा पनि राखिएको छ ।
विशेष के छ भने स्वचालितथ बसमा यात्रा गर्नेका लागि यात्रा निःशुल्क राखिएको छ । यसमा फाइभ–जी नेटवर्क र एआर इन्टरएक्टिभ प्रणाली जस्ता सुविधा निःशुल्क दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close