सफलताबारे थोमस एडिसनका ६ सुझाव

अमेरिकी आविष्कारक तथा व्यवसायी थोमस एल्बा एडिसन (जन्मः सन् १८४७, निधनः सन् १९३१) बिजुलीबत्ती, फोनोग्राफ, मोसन पिक्चर क्यामेरा (मुभी क्यामेरा)लगायतको आविष्कारका लागि चिनिन्छन् ।

युवाहरूले असफलताबाट हार मान्न नहुने उनको बुझाइ थियो । ‘मैले बिजुलीबत्तीको आविष्कार गर्नुअघि १० हजारवटा काम नगर्ने बाटो भेट्टाएँ, तर असफल कहिल्यै भइनँ । निरन्तरको प्रतिबद्धता र असंख्य प्रयासको नतिजा सफलता हो,’ उनी भन्थे ।

सफलताबारे उनका केही विश्वप्रसिद्ध भनाइ यस्ता छन् :
– हाम्रो ठूलो कमजोरी आत्मसमर्पण गर्नुमा छ । सफल हुनका लागि सधैँ एकपटक थप प्रयास गर्नुपर्छ ।
– कडा मिहिनेतको कुनै विकल्प छैन । एक प्रतिशत प्रेरणा र ९९ प्रतिशत पसिनाले मानिस जिनियस बन्छ ।
– कुनै पनि योजनाको मूल्य यसको प्रयोगमा निर्भर रहन्छ ।
– मलाई कोही सन्तुष्ट मानिस देखाइदिनुस् र म तपाईंलाई असफलता देखाउँछु ।
– तपाईंसँग के छ भन्ने होइन, तपाईं को हो भन्नेले तपाईंको मूल्य निर्धारण गर्छ ।
– मैले कुनै पनि काम भवितव्यले गरिनँ । मेरा कुनै पनि आविष्कार संयोगले आएका होइनन्, ती मेरो मिहिनेतले आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close