‘कम खानुस्, कोरोनाबाट ज्यान जोगाउनुस्’

बेलायतका जुनियर हेल्थ मिनिस्टर हेलेन भोटेलीले आफ्ना देशका नागरिकलाई कोरोना भाइरसबाट ज्यान जोगाउने भए कम खान सल्लाह दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले जुन मानिसको तौल ४० किलोभन्दा बढी (उचाइको अनुपातमा) हुन्छ, त्यो मानिस कोरोना संक्रमणबाट मृत्यु हुने खतरा २ गुणा बढी हुन्छ।

यो तथ्य बेलायतका विशेषज्ञले यसअघि नै जानकारी गराइसकेका छन्।

बेलायती स्वास्थ्य विभागअन्तर्गतको पब्लिक हेल्थ इंग्ल्यान्डले बढी तौल भएका कोरोना संक्रमित व्यक्तिलाई अन्यलाई भन्दा विशेष हेरचाह गर्नुपरेको जनाएको छ।

विशेषज्ञका अनुसार तौल जति बढी भयो, उति कोरोना संक्रमण तथा यसबाट मृत्यु हुने खतरा पनि बढ्दै जान्छ।

पब्लिक हेल्थ इंग्ल्यान्डका प्रमुख पोषण विशेषज्ञ डा. एलिसन टेडस्टोनले बढी तौलका कारण अन्य रोगका साथै कोरोना संक्रमणको खतरा पनि बढी हुन्छ।

उनले भने, ‘तौल सन्तुलनमा राख्नु स्वास्थ्यका लागि धेरै लाभदायक छ, यसबाट कोरोना संक्रमणको खतरासमेत कम हुन्छ।’ बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close