ल्यापटप र मोबाइलमा चार्ज टिकेन ? अपनाउनुहोस् पाँच उपाय

पटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा धेरैले ब्याट्रीका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रीको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्री एक वर्ष बढि टिक्ने गर्दछ ।

१. ब्याट्रीलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्

कुनै पनि डिभाइसको ब्याट्री लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रीभन्दा बढी र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसको लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।

२. फुल डिस्चार्ज

थुप्रै जानकारहरुका अनुसार ब्याट्री फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नुपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस्। यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्री ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रीमा भएको लिथियम प्लेट खराब हुने गर्दछ।

३. तेज चार्जिङ्ग गर्ने चार्जरको प्रयोग नगर्नुहोस्

ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस्। कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्री लाइफलाई सेफ राख्छ।

४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्

यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रीको मात्रा रहिरहोस् । यसले ब्याट्रीको भित्र भएको चार्जिङ्ग पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।

५. नक्कली चार्जरबाट बच्नुहोस्

फुटपाथमा पाइने चार्जरबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभए पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close