
काठमाडौं- आइतबारदेखि लगातार परेको वर्षा रोकिएसँगै खुलेको मौसम आज (बुधबार) अपराह्नबाट पुनः बद्लिने भएको छ ।
अपराह्नबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसमविद् विभुति पोखरेलले नेपाल समयलाई जानकारी दिइन् ।
उनका अनुसार हिजो अस्ति (मंगलबार, सोमबार, आइतबार) को जस्तो दिनैभर वर्षा हुने र धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना भने छैन । यद्यपी सतर्कता भने अपनाउनु पर्ने उनले बताइन् ।
आगामी तीन दिन धेरै स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्का वर्षा भइराखेको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । उक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
साउन ७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।
साउन ८ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।
साउन ९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।
राती : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।