एनसेल सेयर खरिद–बिक्रीमा शंका छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको समाचार आएपछि चासो लागेको बताए ।

“यो घटना हुँदा म विदेशमा थिएँ । मैले दुबईमा सुनेँ र स्वदेश फर्किएर पहिलो काम सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएँ,” प्रधानमन्त्रीले समितिमा भने ।

प्रधानमन्त्रीले मुख्यसचिव बोलाएर ड्राफ्ट गरेपछि निर्देशन दिएको बताए ।

“यो विषयमा सबै बोलाएर छलफल चलायौं, अनि छानबिन समिति बनायौँ,” प्रधानमन्त्रीले भने ।  समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिन भनिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

“प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चाल्नेछ,” उनले भने ।  एनसेलको सेयर खरिद–बिक्रीमा शंका लागेकोले छानबिन गरिएको प्रधानमन्त्रीले बताए । दोषी भए कारबाही हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close