Murti

सेनाको अस्पतालमा महानगरवासीलाई हेमोडाइलासिस सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले नेपाली सेना मातहत रहेको वीरेन्द्र अस्पतालबाट दैनिक १२ जना बिरामीलाई हेमोडाइलासिस सेवा उपलब्ध गराउने भएको छ। महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा तत्कालका लागि नेपाली सेना अन्तर्गतको वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि उक्त सेवाको सुरुवात गर्ने उल्लेख छ।

‘महानगरले सकेसम्म आफैँ अस्पताल सञ्चालन गर्ने योजनामा छौं,’ मेयर शाक्यले भने, ‘अस्पताल खोल्न तत्कालै सम्भव नभएकाले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौं।’ महानगरले कान्तिवाल अस्पताललाई अक्सिजन प्लान्ट राख्ने पनि केही समय पहिले सम्झौता गरेको थियो। सहज र स्तरीय सेवामा सेनाले थप सफलता प्राप्त गर्ने बताए मेयर शाक्यको भनाइ छ। ‘हामीले यस अघि पनि सेनासँग सहकार्य अघि बढाएका छौँ,’ उनले भने।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close