अस्पतालले भर्ना नलिएर मृत्यु भएकी महिलाका आफन्त र वडाबासी आन्दोलित

निजी अस्पताल चहार्दा चहार्दै शुक्रवार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलाको आफन्त र वडाबासी आन्दोलित भएका छन् ।

वीरगन्जमा उपचार नपाएर दिनानु दिन बिरामीहरूको मृत्यु हुन थालेपछि, शुक्रवार राति १२ बजे मृत्यु भएको विष्णु लामाका परिवार र वडा बासीले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुँन् ।

बिरोधका क्रममा प्रदर्शनकारीहरुले नारायणी अस्पतालमा तोड्फोड् समेत गरेका छन् । प्रदर्शनकारीहरुले नारायणी अस्पताल भित्र रहेको एउटा गाडी र सेनीटाइजेसन बुथमा तोड्फोड् गरेका छन् । गाडीको पछाडी भागको सिसा फुटेको छ ।

प्रदर्शनकारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

वीरगन्जका निजी अस्पतालहरुले विरामीको उपचार नगरेका कारण मृत्यु हुँदा समेत स्थानीय प्रशासनले कुँनै कारवाही नगरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।

जिल्लामा सृजत विषम परिस्थितिमा समेत सङ्कट समाधान तर्फ प्रशासनले कुनै चाँसो नदेखाए पछि स्थानीयहरुले असन्तोष पोखेका हुँन् ।

त्यसैगरी नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदन कुमार उपाध्यायले समेत कोरोना चेकजाँचमा लापरवाही गर्दा समुदायमा कोरोना फैलेको प्रदर्शनकारीको आरोप छ ।

स्थानीयले प्रदर्शन गरिरहँदा जिल्ला प्रहरी कार्यालय , पर्साबाट आएको टोलिले एक्कासी प्रदर्शनकारी माथि लाठ्ठी चार्ज गरि नियन्त्रणमा लिन खोज्दा, स्थानीयले ढुंगा मुढा गरेका थिए । केही बेर अवस्था तनाव ग्रस्त बनेको थियो ।

घटनामा एक जना प्रदर्शनकारी घाईते समेत भएका छन् , भने उनीहरूको परिचय अहिले सम्म खुलाएको छैन ।

वीरगन्जमा सञ्चालित दर्जन भन्दा बढी निजि अस्पतालहरुले सामान्य ज्वरो र रुघाखोकी लागेका विरामीहरुलाई समेत भर्ना नगर्दा पछिल्लो तीन दिनमा १० जना भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । भने कयौं आफ्नों घर भित्रै उपचार गराउन बाध्य छन् ।

सरकारी अस्पताल नारायणीले समेत विरामी फर्काउँन थाले पछि यहाँ मानिसहरुको उपचार अभावमा मृत्युको घटना बढेको छ ।

भारी मात्रामा प्रहरी परिचालन गरी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close