एनसेल आजियाटाले सुरु ग-यो वाइफाइ

नसेल आजियाटा लिमिटेडले नेपालमा पहिलो पटक वायर फ्रि प्लस वाइफाइ सेवा सुरु गरेको छ । नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायर फ्रि इन्टरनेट र वाइफाइ कनेक्टिभिटीसहितको बन्डल सेवा लिन सक्छन् । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत सुरु गरेको हो । वायरफ्रि प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो ।
यो प्रविधिअन्तर्गत उपभोक्ताले तार बिनाको प्रयोग डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ । प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबीडेटार मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभीलगायतका डिजिटल कन्टेन्टहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । हप्ताको सातै दिन, २४ सै घण्टा उपलब्ध हुने ग्राहक सेवा वायर फ्रि प्लस वाइफाइ सेवाको प्रमुख विशेषता रहेका छन् । गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिंग लिन सुरु गरेको थियो ।

वायर फ्रि प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिंगमा ग्राहकबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं ।” वार्षिक प्लानमा मासिक ६९० को शुल्क रहेको यो सेवाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुहअन्तर्गतको प्लान लिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायर फ्रि प्लस डेटा, २०० मिनेट अननेट टकटाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्छन् ।
त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायर फ्रि प्लस डेटा, ५०० मिनेट अन नेटटक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close