प्रधानमन्‍त्री ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । मिर्गौलादाता समीक्षा संग्रौलाको अपरेशनलगत्तै प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको थियो । चिकित्सकले दिउँसो पौने तीन बजे प्रधानमन्त्रीमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको जानकारी दिएका छन् ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका छन् । पिसाब पनि पास भएको छ । अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो पटकको प्रत्यारोपण भारतको अपोलो अस्पतालमा भएको थियो । दोस्रो प्रत्यारोपण भने त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close