नेकपा एमालेका मन्त्रीले बुझाए राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सामुहिक राजीनामा बुझाएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।
एमालेको आजै बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close