माछा–मासु र मान्छे

माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। माछामासुकै कारण सयौँ प्रकारका रोगहरूको संक्रमण र आक्रमणको खतरा हुन सक्दछ। त्यसैले माछामासुबाट स्वादका साथै स्वास्थ्य लाभ प्राप्त गर्न कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु-याउनु आवश्यक छ।

माछामासुका अनेक स्रोतहरू छन्। साधारणतया संसारभर उपयोग गरिने मासुमा खसी–बोका, राँगा–भैँसी, बँदेल, गाई–गोरु, भेडा–च्यांग्रा, माछा, कुखृुरा, परेवा, हाँस तथा अन्य चराचुरंगीहरू मासुका प्रमुख स्रोतहरू हुन्। स्वास्थ्यका दृेष्टिले चार खुट्टे जनावरको रातो मासुको तुलनामा कुखुरा–परेवा आदि जस्ता चराचुरंगीहरूको सेतो मासु स्वस्थकर मानिन्छ। कुखुराको मासुमा प्रोटिन, क्यालसियम, एमिनो एसिड्स, भिटामिन बी ३, भिटामिन बी ६ तथा म्याग्निसियम आदि जस्ता पौष्टिक तत्वहरू पाइन्छन्। त्यसैले पनि संसारभर कुखुरा आदि चराचुरंगीहरूको मासु सेवन गर्नेको संख्या निकै धेरै छ। तर मासुका लागि उत्पादन गरिने ब्रोइलर कुखुराको मासु कति स्वास्थवद्र्धक छ भन्ने कुरामा गम्भीर प्रश्न खडा भएको छ।

ब्रोइलर सेतो पखेटा तथा हल्का पहेँलो छाला भएको कुखुरा जस्तो देखिने विकासे पंक्षी हो । विशेष गरेर मासुका लागि उत्पादन गरिने यो पक्षी निकै छिटो बढ्छ। ४५ दिनभित्रै यसको वजन २ केजीभन्दा बढी हुने गर्छ। स्थानीय (लोकल) कुखुरा भन्दा यो निकै सस्तो र सर्वसुलभ हुने गर्छ। त्यसैले संसारभर यसको उपयोग गर्नेको संख्या निकै धेरै छ। एक तथ्यांकका अनुसार कुल उपयोग गरिने चिकनको मासुमा ८० देखि ९० प्रतिशत ब्रोइलरको मासुमा रहेको छ।साधारणतया ब्रोइलरको मासुलाई स्वस्थकर मानिन्छ । त्यसैले पनि हरेक देशहरूमा ब्रोइलर पालन तथा यसको मासु उपयोग हुने गरेको छ। तर ब्रोइलर पैदा गर्ने र पाल्ने तरिका तथा यसले खाने दानापानी आदिलाई हेर्ने हो भने ब्रोइलरको मासु स्वास्थ्यका लागि निकै हानिकारक देखिन्छ। यस कुरालाई अनेक अध्ययनहरूले पनि पुष्टि गरेको छ। कतिपय पोषणविद्ले त ब्रोइलरको मासुलाई विषको डल्लो पनि भन्ने गर्छन्।

ब्रोइलर पालन अधिक तापक्रम भएको सानो खोरभित्र हुने गर्छ। जहाँ सयौँ ब्रोइलरहरू कोचाकोच लत्रिदै बाँचेका हुन्छन्। यिनलाई कृत्रिम केमिकल्सयुक्त दानापानी दिइन्छ। रोगबाट बचाउन र छिटो हुर्काउन व्यापकरूपमा एन्टिबायोटिक्स तथा हार्मोन्स दिइन्छ। यसरी ब्रोइलरलाई दिइएको एन्टिबायोटिक्सको अवशेष ब्रोइलरको मासु रहने कुरा अनेक अध्ययनले पुष्टि गरेको छ। एन्टिबायोटिक्सयुक्त यस्तो मासु सेवन गर्दा बे्रेन–बोडीलाई नै असर गर्ने कतिपय वैज्ञानिकहरूको दाबी छ। हालै गरिएको एक अध्ययनका अनुसार हप्तामा तीन पटक ब्रोइलरको मासु खानु भनेको तीनवटा एन्टिबायोटिक इन्जेक्सन लगाउनु जस्तै हो। पोलेको तथा तारेको वा भुटेको ब्रोइलरको मासु चुरोट भन्दा पनि हानिकारक मानिन्छ। एक रोस्टेट ब्रोइलरको मासु ६० खिल्ली चुरोट बराबर विषालु हुन्छ। नियमित ब्रोइलरको मासु सेवन गर्ने हो भने पेटको क्यान्सर, कोलेन क्यान्सर, प्रोस्टेट क्यान्सर तथा पाठेघर क्यान्सरको खतरा बढ्छ।

ब्रोइलरको मासुले फुड पोइजनिङ हुन सक्छ। एक अध्ययनका अनुसार ब्रोइलरको मासुमा ६७ प्रतिशतसम्म इ.कोली ब्याक्टेरिया पाइएको छ। नियमित रूपमा यस्तो मासु सेवन गर्नाले पुरुषमा नपुंसकता, स्पर्मको अभाव वा कमी, महिलामा पाठेघरको समस्या तथा बालबालिकामा छिटै यौवनका लक्षणहरू देखिने गर्छन्। ब्रोइलरको मासुमा अधिक मात्रामा अस्वस्थरक बोसो हुन्छ, जसको नियमित सेवनले छिट्टै मोटोपना बढाउँछ। मानिसलाई ब्रोइलर जस्तो बनाउँछ। मोटोपनाले मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, थाइरोडिज्म, कलेजोको समस्या तथा जोर्नीका रोगहरू निम्ताउँछ। कलिला बालबालिकाका लागि त ब्रोइलरको मासु झनै हानिकारक छ।

हुनत माछामासु मानिसको प्राकृतिक तथा स्वाभाविक आहार होइन। त्यसैले बे्रन–बडीलाई स्वस्थ र मजबुत राख्न मासु सेवन नगरेको नै बेस हो। त्यो किनभने माछामासुमा पाइने प्रोटिन तथा भिटामिनहरू अन्न, गेडागडी, सागपात र फलपूmलहरूमा प्रशस्त पाइन्छ। त्यसैले स्वास्थ्यका दृष्टिले माछामासु खान आवश्यक छैन। तर मांसाहारीले मासु खानु परेमा ब्रोइलरको मासु होइन, स्थानीय कुखुरा मासु खानु राम्रो हुन्छ। ब्रोइलरको तुलनामा प्राकृतिक रूपमा हुर्किएका कुखुरा मासु निकै स्वास्थ्यकर र पौष्टिक मानिन्छ।

पौष्टिक र स्वास्थ्यको दृष्टिकोेणले हा“स, कुखुरा तथा खसीबोकाको मासुभन्दा माछा बढी स्वस्थकर तथा पोषिलो हुन्छ। यसमा चिल्लो तथा फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता अति आवश्यक तत्वहरू प्रशस्त पाइन्छ। खासगरी यसमा भिटामिन बी १, बी ३, बी ६ र भिटामिन डी प्रशस्त हुनुको साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरू पनि हुन्छन्। यसबाहेक माछामा शरीरलाई अति आवश्यक तत्व ओमेगा थ्री फ्याट्टि एसिड पनि प्रशस्त हुन्छ, जसले रगतमा असल प्रकारको कोलेस्टेरोल बढाएर नराम्रो वा खराब कोलेस्टेरोल कम गरी मुटु स्वस्थ राख्न मद्दत गर्छ।

ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ। यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुका लागि उपयुक्त हुन्छ, त्यो आहार ब्रेनका लागि पनि उपयुक्त हुन्छ। यही कारणले माछालाई बे्रन फुड्स तथा सुपर फुड्स पनि भन्ने गरिन्छ। त्यसैले सकिन्छ भने हप्ताको दुईचोटि खानामा माछा, खासगरी, म्याकेरल, हेरिङ, सार्डिनेज, टुना, सालमन तथा संग्लो खोलाको माछा समावेश गर्दा राम्रो हुन्छ। अन्य मासुको तुलनामा माछा श्रेष्ठ भए तापनि यदि माछा काट्दा, पखाल्दा र पकाउ“दा सावधानी अपनाइएन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ। माछा पनि बढी सेवन गर्नु हु“दैन । एक पटकमा सय ग्राम माछा खानु उचित हुन्छ।

अतः ब्रोइलरको मासुमा मासुको स्वादबाहेक अन्य कुनै गुण छैन। कुनै फाइदा छैन। बेफाइदा नै बेफाइदा छ। हानि नै हानि छ। त्यसैले आफू र आफ्नो परिवारको बे्रन र बडीलाई स्वस्थ र निरोगी राख्न ब्रोइलरको मासु सेवनबाट बचाऔँ र आजै ब्रोइलरको विकल्प रोजौँ।
(लेखकः ओम बानियाँ, मनोविद्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close