आज मौसममा केही सुधार

 

काठमाण्डौ ः आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परेको थियो । मौसमविद् कँडेलका अनुसार भोलिदेखि पुनः अर्को पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीको प्रभाव रहनेछ । आज पहाडी भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ रहेको मौसमविद् जनाएका छन् । उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा मध्यम खालको हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close