कोरोना रोकथाम र नियन्त्रणमा भेरीगंगा नगरपालिका (भिडियो सामग्री)

बैशाख १० गते पहिलो पटक कोरोना संक्रमण भएको भेरीगंगा नगरपालिका कर्णाली प्रदेश भित्रने प्रमुख नाका हो । कर्णाली प्रदेशका अन्य पालिकाको तुलनामा कोरोना संक्रमणको उच्च जोखिम मानिने भेरीगंगा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि करिव १ करोड ५ लाख खर्च गरेको छ ।
लकडाउन र निषेधज्ञामा नगर भित्रका न्युन आय भएका परिवारलाई करिव ८० लाखको खाद्य सामग्री वितरण गरेको छ भने २५ लाखको स्वास्थ्य सामग्रीका लागि खर्च गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

यो भिडियो सामग्री हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close