सुर्खेतमा बसको ठक्करबाट एक महिलाको मृत्यु, आफन्तद्वारा क्षतिपूर्तिको माग गर्दै आन्दोलन

वीरेन्द्रनगर सुर्खेतको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घटनापछि आक्रोशित आफन्तहरुले सोमबार विहानैदेखि घटनास्थलमा प्रदर्शन गरेका छन् ।
उचित क्षतिपूर्ति, बस चालकलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दै मृतकका आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् । मृतकका आफन्त र स्थानीयबासीले यरिचोक, बसपार्क, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीया नदी रावतको आइतबार दिउँसो बा ४ ख ८०६१ नम्बरको बसको ठक्करबाट मृत्यु भएको थियो । उनी वीरेन्द्रनगर १० बामेखोला बस्दै आएकी थिइन् । उनको शव प्रदेश अस्पतालमा पोष्टमार्टमका लागि शव गृहमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close