विधेयक पारित गराउन दवावमूलक प्रदर्शन

असार ३१,सुर्खेत । कर्णाली प्रदेश सभा अगाडी विधेयक पारित गराउन दाववमूलक कार्यक्रम गरिएको छ। कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अबिलम्ब पारित गर्न दाववमूलक विधेयक ऐक्यवद्धता कार्यक्रम गरिएको हो। विधेयक सरोकार समाजले प्रदेश सभा बाहिर विधेयक ऐक्यवद्धता कार्यक्रम गरेको हो।
सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन अन्वेषण तथा आविस्कार विधेयक अबिलम्व पारित गर्न सांसद र सरकारलाई दवाव दिन खोजिएको छ।
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारका तर्फबाट तत्कालीन् सामाजिक विकास मन्त्री विमला केसीले संसदमा टेबुल गरेकी हुन् भने अन्य दुई वटा विधेयक गैरसरकारी विधेयकका रुपमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले संसद सचिवालयमा दर्ता गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close