माधव नेपाल युरोप प्रस्थान

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल करिब दुई साताका लागि विदेश यात्रामा निस्किनुभएको छ ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गर्नु भएको हो ।

स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका रहेको छ ।

अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close