रमेश कुमार पाण्डे
माघ १३,सुर्खेत। । साबिक बिजेता एबीसी स्पोर्टस् क्लबले सुर्खेत जिल्लास्तरीय एन्फा लिगको उपाधि जितेको छ।
सैनिक आवासिय माहाविद्यालयमा भएको फाईनलमा फ्रेण्डसीप क्लबलाई दुई शन्य गोल अन्तरले पाखा लगाउदै एबीसीले उपाधी रक्षा गरेको हो।
खेलको ३९ मिनेटमा एबीसीका सुदिन विकले एकगोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो।
त्यसको ३१ मिनेट पछि फेरी एबीसीका लक्ष्मण शाहीले खेलको ७० मिनेटमा एक गोल थप्दै टोलीलाई दुई शून्यमा पुर्याउनु भयो।
फ्रेण्डसीपीले भने पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिनु पुग्यो।फ्रेण्डसीपीका कप्तान अमर बुढाले दुइपकट डिवक्सबाट प्रहार गरेको बलले जाली चुम्न सकेन।
उच्च मनोबलका साथ मैदान उत्रिएको घरेलुटोली एबीसीले पाहुना टोली फ्रेण्डसीपीमाथी खेलको शुरुदेखी नै दबाबमा राख्यो।
बलियो दाबेदार एबीसीलाई पराजित गर्दै पहिलो पटक उपाधि भित्र्याउन लक्ष्य फ्रेण्डसीपीको यो पटक अधुरै रह्यो।
एबीसी सेमिफाइनलमा शीरमोर क्लबललाई हराउदै फाईनल यात्रा तय गरेको हो भने फ्रेण्डसीप बावियाचौरलाई पराजित गर्दै एबीसीसँगको उपाधि भिडिन्त पक्का गरेको हो।योसंगै एबीसी लगातार दोस्रो पटक उपाधि जितेको छ।
जितसंगै एबीसीले ५१ हजार हात पारेको छ भने उपविजेता बनेको फ्रेण्डसीपले २५ हजारमा चित्त बुझाएको छ।
सुर्खेत जिल्ला फुटबल संघले लिगको दुई–दुई वर्षमा आयोजना गर्ने गर्दछ।लिगमा जिल्लाका १२ टोलीले सहभागीता जनाएका थिए।