
धवलागिरि अस्पतालकोे सघन उपचार कक्ष (आईसीयू) मा अहिले २ जना कोरोना संक्रमित उपचाररत छन् ।
महामारीको समयमा कुनै पनि बेला ३ शय्याको आईसीयूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आईसीयूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ ।
आईसीयू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन ।
अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आईसीयूमा खटिनुपरेको छ । आईसीयू हेर्ने चिकित्सक/नर्सलाई आइसोलेसन कक्षको समेत जिम्मेवारी छ । ३ शय्याको आईसीयूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउँछन् ।