प्रतिक्षा मोन्टेश्वरी स्कुलमा दीक्षान्त समारोह सम्पन्न

वीरेन्द्रनगरस्थित प्रतिक्षा मोन्टेश्वरी इलेमेन्टरी स्कुलले भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। कक्षा ५ सम्म सञ्चालन हुने विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो। साथै, मोन्टेश्वरी तालिम पूरा गरेका सहभागीहरूलाई पनि दीक्षान्त समारोहमा प्रमाणपत्र वितरण गरिएको छ।

समारोहको प्रमुख अतिथिका रूपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल सहभागी भएका थिए। खनालले शिक्षा निरन्तर सिकाइको प्रक्रिया भएकोले कहिल्यै सिक्न कञ्जुस्याइँ गर्न नहुने बताए। उनले दीक्षित विद्यार्थीहरू र तालिम सम्पन्न गरेका सहभागीहरूलाई बधाई समेत दिए।

विद्यालयका निर्देशक रोमन विक्रम राणा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिमा मल्लाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति दिएर सबैलाई मनोरञ्जन गराएका थिए।

उक्त समारोहले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह भरिदिएको विद्यालय प्रशासनले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close