१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन

३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो ।

राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए ।

 

यस्तै ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए । यसैगरी खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।

उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो ।

यस्तै १५०० जनाको मास क्यालिस्थेनिक प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुति दिएका थिए।

यस्तै कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।

 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जिवनराम श्रेष्ठले साग मिनी ओलम्पिकको रुपमा रहेको र युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर रहेको बताए ।

साग कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले साग थोरै समयमा पूर्वाधार तयार पार्दै साग आयोजना गर्न सफल भएको बताए ।

सिलवालले १३ औं सागमा ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा हुने जानकारी दिए ।

सागका खेलहरु ३ शहरको २९ खेलस्थलमा हुँदैछ ।

सन् १९८४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा र  २०१९ मा गरी तेस्रो पटक आयोजना गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close