अनलाइनमै पुस्तक पढ्नुहोस (लिंकसहित)

‘लक डाउन’को समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध छ । यो समय सदुपयोग गर्न धेरैले पुस्तक अध्ययनलाई प्राथमिकतामा राखेका छन् । तर, बजारमा गएर पुस्तक किन्ने सम्भावना छैन । अनलाइन अर्डर पनि बन्द भएका छन् । यस्तोमा अनलाइन नै एकमात्र विकल्प हो । यहाँ अनलाइनमा उपलब्ध हुने केही पुस्तक र तिनको संक्षिप्त चर्चा लिंकसहित गरिएको छ । जसमा आख्यान, गैरआख्यान, निबन्ध र कविता छन् । 

१. सुम्निमा

विश्वेश्वरप्रसाद कोइरालाको कृतिमध्ये अग्रपंक्तिमा आउँछ, सुम्निमा । यो उनको मनोविश्लेषणात्मक उपन्यास हो । जसमा यौन मनोविज्ञानलाई राम्रोसँग वर्णन गरिएको छ । उपन्यासमा पात्र सुम्निमा र सोमदत्तबीचको प्रेमकथा छ । दुई शरीर भौतिक रूपमा टाढा हुँदा पनि रहने भावनात्मक निकटतालाई उपन्यासमा प्रष्ट्याइएको छ । उपन्यासमा किराँती सुम्निमाले भौतिकवाद र ब्राह्मण सोमदत्तले अध्यात्मवादको प्रतिनिधित्व गर्छन् । वि.सं. १९६४ मा बिपी सुन्दरीजल जेलमा हुँदा लखिएको यो उपन्यास एकै बसाइमा पढी सकिन्छ ।

लिंकः

https://archive.org/details/BPKoirala2027BSSumnima/page/n21/mode/2up

२. प्राइड एन्ड प्रिजुडिस

यो विश्वप्रख्यात लेखिका जेन अस्टिनको चर्चित उपन्यास हो । सन् १८१३ मा लेखिएको यो उपन्यासमा निकै रोमान्टिक प्रेम कथा छ । यसमा ग्रेट ब्रिटेनको रिजेन्सी इराको शैक्षिक, सामाजिक, आर्थिक, वैवाहिक जीवनको यथार्थ चित्रण समेटिएको छ । साहित्यिक र बौद्धिक दुवै जगतमा यो पुस्तक निकै मन पराइन्छ । पुस्तक हरेक पुस्तामा उत्तिकै लोकप्रिय छ, युवा पुस्ताले त मन पराउने भइ नै हाले । यो पुस्तक २० करोड प्रतिभन्दा धेरै बिक्रि भइसकेको छ ।

लिंक:

https://novels77.com/pride-and-prejudice/page-1-145907.html

३. लिखे

शरद पौडेलको उपन्यास लिखे वि.सं. २०५९ सालमा प्रकाशन भएको हो । दलितको विषयमा लेखिएको यथार्थपरक उपन्यास लिखेले तत्कालिन समाज र परिवेशको चित्रण गरेको छ । लिखे नाम गरेको दलित पात्रमाथि भएको शोषणको कथा यसमा बुनिएको छ । आञ्चलिक भाषाको प्रयोग गरिएको यो उपन्यासको कथा कारूणिक र हृदयस्पर्शी छ । बाल्यकालिन परिवेशमा लेखिएको हुनाले धेरैलाई यसले आफ्नो बाल्यकालको सम्झना गराउँछ । लिखे उपन्यास अच्युत घिमिरेले श्रृती–संवेगमा वाचन गरेका छन्् ।

लिंक :

https://hamroawaz.blogspot.com/2015/03/likhe-novel-sarad-poudel.html

४. वार एन्ड पिस

रसियन लेखक लियो टोल्सटोयले ५ वर्ष लगाएर लेखेर सन् १८६९ मा पूरा गरेको किताब हो यो । जुन रसियासँग भएको नेपोलियन युद्धको विषयमा केन्द्रित छ । मनोवैज्ञानिक पक्षलाई प्राथमिकतामा राखिएको उपन्यासको मूल विषय भए युद्ध भए पनि पारिवारीक अस्तित्वको कथाको अधिनमा राखिएको छ । उपन्यासमा नेपोलियनको युद्ध र रुसी भावनाको उदयबारे चर्चा गरिएको छ । नेपोलियनले युरोपमा आक्रमण गर्दा रुसको अवस्था कस्तो थियो भन्ने तथ्य यस पुस्तकमा पढ्न पाइन्छ । यसमा मानवता र जीवन दर्शनको सार प्रस्तुत गरिएको छ । ऐतिहासिक तथ्य र नवीनताको सुन्दर संयोजन रहेको यस पुस्तकमा पीडाको बीच मानिसमा देखिने करुणाको व्याख्या गरिएको छ । मानिस, प्रेम र जीवनको यथार्थ पुस्तकमा पाउन सकिन्छ । जीवनको बीचमा मृत्युको सुन्दरता यसको अर्को विशेषता हो । निकै लामो भए तापनि यो पुस्तक पढ्दा आनन्द आउँछ ।

लिंक :

https://www.gutenberg.org/files/2600/2600-h/2600-h.htm

५. हिटलर र यहुदी

२०४० सालमा प्रकाशित विश्वेश्वरप्रसाद कोइरालाको अर्को चर्चित उपन्यास हो– हिटलर र यहुदी । जर्मनी तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीलाई ग्यास च्याम्बरमा थुनेर मारेको घटनामा केन्द्रित भएर यो उपन्यास लेखिएको छ । लेखकले यस पुस्तकमा मानवतावादी अवधारणाको वकालत गरेका छन् । जहाँ नयाँ शैलीमा पौराणिक गीताको व्याख्यासमेत पढ्न पाइन्छ । हिटलरलाई गीताको मायावी राक्षसको रूपमा प्रस्तुत गरिएको उपन्यासले मानव प्रेमप्रति उत्प्रेरणा जगाउन भूमिका खेल्छ । उपन्यासमा प्रेम कथालाई पनि चित्रित छ ।

लिंकः https://pustakalaya.org/media/uploads/documents/2019/11/26/_4b11857a/BiseshworP.Koirala2049BS_HitlerRaYahudi.pdf

६. प्रेम, स्वतन्त्रता र एक्लोपन 

यो ओशोको पुस्तक हो । जो २० औँ शताब्दीका चर्चित आध्यात्मिक चिन्तक हुन् । यो उनको प्रेरणादायी पुस्तक मध्येको एक हो । जसले प्रेम, सम्बन्ध, स्वतन्त्रता, यौन, दर्शन, धर्म, भगवानको बारेमा वर्णन गर्छ । प्रश्नहरूमार्फत प्रेम, स्वतन्त्रता र एक्लोपनबारे उत्तरहरू पाउनुहुनेछ । स्वार्थी र अहंकारी तरिकाले होइन सुख र खुसीसाथ कसरी जीवन जिउने भन्नेबारे यस पुस्तकले सिकाउँछ ।

लिंक:

http://www.alaalsayid.com/ebooks/OSHO%20pdf/Love_Freedom_and_Aloneness_A_New_Vision_of_Relatin.pdf

७. अलिफ लैला

अलिफ लैला (हजारौं रातहरू) रात्रिकालिन अरबी जीवनको कथामा आधारित हिन्दी उपन्यास हो । जसलाई दैनिक रोमाञ्चक श्रृङ्खलामा प्रस्तुत गरिएको छ । एक हजार एक रातहरूलाई त्यति नै कथामा निकै रमाइलो तरिकाले वर्णन गरिएको छ । राजाको प्रसंग जोडेर कथा सुरू भएको छ । जसमा इतिहास, प्रेम, दुर्घटना र हास्य समावेश छ । हरेक साँझ नयाँ श्रीमतीसँग बिहे गर्ने र अर्को बिहान उनलाई मार्न लगाउने राजाको कथा यसमा चित्रण गरिएको छ । तर, एक रानी (कथावाचक) ले कसरी एक हजार रातसम्म मृत्युदण्डलाई जितिन् भन्ने कुरा रोमाञ्चक लाग्छ । यो उपन्यासमा टिभी सिरिज पनि बनेको छ । यहाँ यो उपन्यास हिन्दी भाषामा पढ्न सकिन्छ ।

लिंक :

http://sahityachintan.com/books-library/hindi/alif-laila/page3.html

८. घुम्ने मेचमाथि अन्धो मान्छे

यो भूपी शेरचनको कविता संग्रह हो । उनले कवितामार्फत आफ्नो समयका शासकहरूमाथि गहिरो व्यंग्य गरेका छन् । योसंग्रहमा उनले आफ्नो जीवनमा लेखेका उत्कृष्ट कविता संलग्न छन् । २०२५ सालको साझा पुरस्कार जितेको यो संग्रह आज पनि उत्तिकै खोजिन्छ । उनका कवितालाई गद्य कविताको ट्रेन्डसेटरको रूपमा पनि लिइन्छ । भूपीले आजभन्दा ५० वर्ष पहिले लेखेका कविता पनि आजको समयमा उत्तिकै सान्दर्भिक लाग्छन् ।

लिंकः https://pustakalaya.org/media/uploads/op/pdf/BhupiSherchan2026BS_GhumneMechMathiAndhoManchhe.pdf/BhupiSherchan2026BS_GhumneMechMathiAndhoManchhe.pdf

९. काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री र दश औतार

नेपाली साहित्यमा हास्य–व्यंग्य प्रतिभाका धनी भैरव अर्यालका निबन्ध निकै चर्चित छन् । यहाँ उनका तिनै ५ हास्य–व्यंग्य निबन्ध किताब छन् । उनले काउकुती २०१९, जय भुँडी २०२२, गलबन्दी, २०२६ र दश औतार २०३४ सालमा लेखेका हुन् । उनी विकृति र विसंगतिलाई व्यंग्य गर्न माहिर थिए । यी कृतिमा उनले समाज र परिवेशलाई व्यंग्य गरेका छन् ।

लिंक:

https://pustakalaya.org/media/uploads/op/pdf/BhairavAryalkaHasyabyangya1_Kaukuti.pdf/BhairavAryalkaHasyabyangya1_Kaukuti.pdf

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close